मेघ गर्जन र चट्याङसहित वर्षा
काठमाडाैं | जेठ २७, २०७९
काठमाण्डौँ : आजको मौसम प्रणालीमा नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र पश्चिमी तथा मध्य भूभागमा स्थानीय वायुको प्रभावका साथै भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।
उक्त मौसमी प्रणालीको प्रभावले अहिले प्रदेश १, मधेस प्रदेश र बाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही, प्रदेश १, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको छ । राजधानी काठमाडौँ उपत्यकामा बिहान पारिलो घाम लागेको छ । उपत्यकाको आकाशमा सामान्य तुवालो लागेको देखिन्छ ।
दिउँसो प्रदेश १, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी भेगका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको अधिकतम २६ दशमलव ५ र न्यूनतम तापक्रम १९ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

